सर्लाही : महोत्तरीमा मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरी औरही-४ कबिलासा बस्ने २३ वर्षीया निशा शाह रहेको प्रहरीले जनाएको छ।

आइतबार राति करिब साढे १० बजेको समयमा महोत्तरी गौशाला-५ कठुधारबाट गौशाला तर्फ जादै गरेको ज. ११ प. ५००३ मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार निशा गम्भीर घाइते भएकी थिइन् ।उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

उनको शव प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाएको र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ भने फरार चालकको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here