किसन साह,सर्लाही : सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका वडा न-९ स्थित नेपाल-भारत सीमा क्षेत्रबाट सोमबार सशस्त्र प्रहरीले २ लाख २८ हजार रुपैयाँ बराबरको चाँदीको गहना बरामद गरेको छ।

सोमबार बिहान करिब पौने ११ बजेको समयमा भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको २ के.जी ६ सय ९१ ग्राम चाँदीका गर गहना सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट सशस्त्र प्रहरी नायव निरिक्षक पाण्डव प्रसाद मैनालीको कमान्डमा खटिएको ७ जना सशस्त्र प्रहरीको पैदल गस्ती टोलीले सिमा क्षेत्रको झिलमिलिया माईको मन्दिर नजिकबाट बरामद गरेको हो।

गस्तीमा रहेका सशस्त्र प्रहरीको टोलीलाई देख्ने बित्तिकै उक्त चाँदीको गहना ल्याउने व्यक्तिले बोकेको झोला बाटोमै छाडेर फरार भएका थिए।

उक्त झोलामा बरामद भएका ३५ जोर पाउजु,पत्थर लागेको ४ थान चाँदीको ब्रासलेट र ३४ थान सिक्रीहरुको सुनचाँदी व्यवसायी संघ सर्लाहीका महासचिव कमलेश साह मार्फत बजार मूल्य तथा वजन प्रमाणित गराई भन्सार कार्यालय मलंगवामा बुझाईएको बिओपी मलंगवाले बताएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here