सर्लाही : कैलालीको अत्तरियामा यातायात समितिको काउन्टरका कर्मचारीबाट एकजना चालक कुटिएका छन्। कैलाली यातायात समितिको काउन्टरका एक जना कर्मचारीले ५० रूपैयाँका लागि विङ्गर चालकलाई कुटपिट गरेका थिए। कुटपिटबाट चालकको खुट्टा भाँचिएको छ।

सुदूरपश्चिम प्रदेश ०२००१ ज ३८१ नम्बरका विङ्गर चालक कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १६ मजगाँउका २५ वर्षीय गोपाल सामन्तमाथि कुटपिट भएको हो।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ विजयनगरका २६ वर्षीय लक्ष्मण विश्वकर्माले ५० रुपैयाँ नदिएको भन्दै बीच सडकमा गाडीभित्रबाटै तानेर कुटपिट गरेको विङ्गरका साहु धन चन्दले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here