आज मिति २०७८ साल असार ३० गते हेर्नुहोस आजको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
जिद्दी व्यवहारलाइ नियत्रणमा राख्नु होला । कडा मेहनत पश्चात पनि सफलता मिल्न नसक्दा मन खिन्न हुनसक्छ । स्वास्थ्यमा समस्या आउनाले शरीर कमजोर हुनेछ । यात्राको लागि उचित समय रहेको छैन । सन्तानको चिन्ता बढ्ने छ । सोच बिचार नगरी कार्य थालनी गर्नाले हानि हुन सक्छ । सरकारी कार्यमा सफलता मिल्नेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
भोलि तपाइको कार्यमा दृढ विश्वास र आत्मबल बढ्नेछ । पितृ लाभ हुनेछ । पढाइमा रुची बढ्नेछ । सरकारी कार्यमा सफलताको साथै लाभ मिल्नेछ । सन्तानको लागि धन खर्च हुन्छ । खेलाडी तथा कलाकारहरुको लागि आफ्नो प्रतिभा देखाउने समय रहेको छ । सम्पति लेन-देन तथा कानुन सम्बन्धि कार्य नगर्नु उचित हुनेछ ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
दिनको सुरुवातबाटै शरीरमा जोस जागर बढ्नेछ । भाग्यवृद्धिको समय रहेको छ । बिचार परिवर्तन भैरहदा समस्यामा पर्न सकिन्छ । नयाँ कामको थालनी हुन सक्छ । साथि भाइ तथा स्त्री वर्गसँगको सम्बन्ध राम्रो हुनेछ। आकस्मिक धन लाभ हुन सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मनमा हतासता छाउनाले मन खिन्न हुन सक्छ । परिवारका सदस्यहरुसंग वादविवाद र मनमुटाव हुन सक्छ । घमण्डी भावनाको कारण कसैको भावनामा चोट पुग्न सक्छ । पढाइमा ध्यान जाने छैन। खर्च बढ्नेछ । मनमा असन्तोषी भावाना पैदा हुनाले अनैतिक प्रवृत्तिमा पर्न सकिन्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आत्मविश्वास र सहि निर्णयको साथ काममा अघि बढ्न सक्नुहुनेछ । समाजमा मान प्रतिष्ठा बढ्नेछ । व्यक्तिको बोलि तथा व्यवहारको कारण कसैसँग झगडा हुन सक्छ। आफूभन्दा ठुला व्यक्ति तथा पिताबाट लाभ मिल्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। दाम्पत्य जीवनमा शुख सान्ति छाउनेछ । सरकारी क्षेत्रमा गरेको कार्य चाडै पुरा हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
शारीरिक र मानसिक चिन्ता बढ्नेछ । कसैसंगको झगडामा तपाइको अहंकार बढ्नेछ। आकस्मिक धन खर्च हुनसक्छ । दाम्पत्य जीवनमा खटपट उत्पन्न हुन सक्छ । मानशिक तथा शारीरिक समस्या उत्पन्न हुन सक्छ । तपाइको अधिनमा रहेको व्यक्ति तथा नोकर वर्गबाट ​​समस्या अनुभव गर्नुहुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
पारिवारिक जीवनमा शुख तथा सम्बृद्धि छाउनेछ। आय वृद्धि हुने योग बनेको छ। कार्यालय, व्यवसायको क्षेत्रमा अनुकूल वातावरण हुनेछ।पदोन्नतिको योग बनेको छ । पारिवारिक सदस्य तथा मित्रहरु खुशी हुनेछन् । रमाइलो यात्रा हुनेछ । व्यापारी वर्गको लागि लाभदायक व्यापार हुनेछ। उत्तम बैवाहिक शुख प्राप्त हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
कार्यमा सफलता प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशी र सन्तुष्टि प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। समाजमा सम्मान पाउनु हुनेछ। अफुभन्दा ठुलाको साथ सहयोग हुनेछ । सन्तानको प्रगतिले मन प्रफुलित हुनेछ । उठाउनु पर्ने रकम प्राप्त हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
भोलि तपाइको कठिन कार्यले समस्या उत्पन्न हुनसक्छ। काममा जोस जागर कम हुनेछ । शारीरिक तथा मानशिक तनावमा समय व्यतित हुनसक्छ। नोकरीमा बिभिन्न समस्या उत्पन्न हुनसक्छ । कार्यलयमा उच्चअधिकारी सँग वादविवाद हुनाले हानि हुन सक्छ । प्रतिस्पर्धीहरूसँग सतर्कताको साथ अघि बढ्नु राम्रो हुन्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
नकारात्मक बिचारबाट टाढा रहनुहोला । खानपानमा बिशेष ध्यान दिनुहोला । अचानाक धन खर्च हुन सक्छ । व्यवसायमा साझेदारहरूसँग आन्तरिक मतभेद बढ्न सक्छ। रिसलाइ नियन्त्रणमा राख्नुहोला । सामाजिक कार्यको लागि यात्राको योग बन्न सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भोलिको दिनमा प्रेम, यात्रा, मनोरंजन, तपाइको जीवनको एक हिस्सा बन्नेछ । साथि तथा आफन्तहरु सँग भोजन गर्ने अवसर मिल्नेछ । उत्तम कपडा र वाहन पाउने योग बनेको छ । सहभागी व्यक्तिहरुसँग तपाइको राम्रो सम्बन्ध हुनेछ । सामाजिक मान प्रतिष्ठा प्राप्त हुनेछ । दृढ विश्वासको साथ गरेको कार्यमा सफलता प्राप्त हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
दैनिक काम सहजै सम्पन्न हुनेछ। घरमा खुशी र शान्तिको वातावरण रहनेछ। स्वभावमा उग्रता रहनेछ । जसको कारण बोलि तथा व्यावारमा संयमता राख्नु होला । प्रतिस्पर्धीहरूलाई परास्त गर्न सकिनेछ । सहकर्मीहरूको सहयोगले तपाईको व्यावसायिक कार्य सरल हुनेछ । नजिकको आफन्तबाट लाभ हुनेछ ।

राशिफलमा जे जस्तो लेखिएको भएपनी हजुरको दिन शुभ रहोस।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here