सर्लाही :- मोरङको रंगेलीमा शिशु हत्याको आरोपमा प्रहरीले उनकी आमासहित परिवारका चार जनालाई पक्राउ गरेको छ।

सोमबार राति जन्मिएकी छोरीको हत्या गरी पसलभित्र गाडेको आरोपमा शिशुको आमा र बाबुसहित चार जनालाई पक्राउ गरेको हो। मोरङको रङ्गेली नगरपालिका -५ आँपगाछीकी २५ बर्षिय खुश्बु मण्डलले सोमबार राति करिब ८ बजे घरमै छोरी जन्माएकी थिइन्।

खुश्बुका बुबा आमाले सञ्चालन गर्दै आएको मदिरा पसल भित्र शिशुको शव गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

खुश्बुको घर र मदिरा पसल करिब पाँच सय मिटरको दूरीमा छ ।घटना लुकाउन श्रीमान र आमाबुबाको हात देखिएको प्रहरीको दाबी छ। इलाका प्रहरी कार्यालय रङ्गेलीले खुश्बु , उनका श्रीमान अरुण मण्डल, खुश्बुका बुवा नागेश्वर मण्डल र आमा उर्मिला मण्डल पक्राउ परेका छन।

पक्राउ परेका चारै जनालाई कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले बताए। प्रहरीका अनुसार खुश्बुका श्रीमान वैदेशिक रोजगारीका लागि मलेसियामा थिए र हालै घर फर्किएका थिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here