सर्लाही : सिरहामा कार र विंगर आपसमा ठोक्किएर भएको दुर्घटनामा ७ जना घाइते भएका छन्।

गोलबजार नगरपालिका ७ पुरानो चोहर्वामा पूर्वबाट पश्चिम गइरहेको ना१ज ८८८५ नम्बरको विंगर र विपरीत दिशाबाट आइरहेको प्रदेश ३–०१ ०२२ च २५३६ नम्बर कार आपसमा ठोक्किका हुन्।

बुधबार बेलुका भएको उक्त दुर्घटनामा कारमा सवार दुईजना र विंगरमा सवार ५ जना घाइते भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये एक ९ वर्षीय बालकको अवस्था चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सन्तोष राइले जानकारी दिए।

घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरको छ। विङ्गर चालक फरार रहेको र उनको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ। यसबारे थप जानकारी लिन गोलबजार प्रहरीलाई सम्पर्क गर्न खोजे पनि फोन उठेन।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here