सर्लाही : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको बालकोटस्थित निजी निवास पुगेका छन्।

ओलीले आजै प्रधानमन्त्री निवास बालुवाटार छाडेका हुन्। बालुवाटारमा उनलाई नेकपा एमालेका  कार्यकर्ता तथा शुभेच्छुकहरुले पचासौं मोटर र सयौं मोटरसाइकलमा बालकोटसम्म पुर्‍याएका थिए।

कार्यकर्ताहरुले उनको समर्थनमा ‘अगाडि बढ केपी बा, हामी तिम्रो साथमा छौं’ लगायत नारा लगाएका थिए। उनको स्वागतमा कौशलटारबाट बालकोट जाने सडक खाली गराइएको थियो। ठाउँठाउँमा स्वागतका लागि घडा राखिएका थिए। पानी परेकाले सडकमा निस्केर स्वागत गर्ने चाहिँ कमै मात्र थिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here