सर्लाही : बाजुरामा ‘केपी बा’ नामको बहुउद्देश्यीय कृषि तथा पशुपंक्षी फर्म खुलेको छ।

बाजुराकी एक महिलाले केपी बा बहुउद्देश्यीय कृषि तथा पशुपंक्षी फर्म नामक फर्म दर्ता गरेकी हुन् । जिल्लाको बडीमालिका नगरपालिका-१ पिनालेख निवासी नन्दा कुमारी नाथले उक्त फर्म आन्तरिक राजस्व कार्यालयमा दर्ता गरेकी छन।

तरकारी, खरभुजा कन्दमुल उत्पादन, भेडापालन, पशुपंक्षी पालन तथा मिश्रित खेती गर्ने उदेश्यले खोलिएको उक्त फर्मको नाम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रभावित भएर राखिएको बताइएको छ ।

नन्दाका श्रीमानले ओलीको कामबाट प्रभावित भएर नै आफ्नी श्रीमतीको नाममा उक्त कृषि फर्म दर्ता गरेको स्थानीय सञ्चारकर्मीले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here