किसन साह,सर्लाही : बारामा ट्रकको ठक्करबाट एक प्रहरी सहायक निरिक्षकको मृत्यु भएको छ।

पर्साको सखुवा प्रसौनी गाउँपालिका ६ घर भइ रौतहटको इलाका प्रहरी कार्यालय सन्तपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) ४४ वर्षीय रमेशकुमार राउतको घटनास्थलमै मृत्यु भएको हो।

बुधबार राति महागढी नगरपालिका-२ स्थित भुतही पुल नजिक प्रदेश २–०३–००१ ख.७१५ नम्बरको ट्रकले स.५ प.९५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । रौतहट सन्तपुर स्थित प्रहरी कार्यालयबाट बुधबार राति मोटरसाइकलमा आफ्नो घर फर्किंदै गरेका बेला राउत सवार रहेको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा पठाइएको र ट्रक सहित चालकलाई नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here