सर्लाही : सरकारले हालै वृद्धि गरेको लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको छ। जाँदाजाँदै सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको थियो।

यातायात व्यवस्था विभागले शुक्रबार सार्वजनिक गरेको नयाँ भाडादर अनुसार सबै भन्दा धेरै काठमाडौंदेखि बाजुरा सदरमुकाम मार्तडी सम्म पाँच सय ७६ रुपैयाँ भाडा बढेको छ।

त्यस्तै,सर्लाहीको मलंगवा देखि काठमाडौंको भाडादर ८४२ रुपैयाँ कायम गरेको छ।नयाँ भाडादर पुरानोको तुलनामा १७१ रुपैयाँले बढेको हो।

तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट असार २७ गते अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर वृद्धि गर्ने निर्णय गरिएको थियो। मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको छ।

यस्ताे छ सूची

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here