सर्लाही : धनुषा र महोत्तरीमा पानीमा डुबेर तीन बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा धनुषामा एकै परिवारका दुई बालक रहेका छन्। धान रोप्न आमाबुबासँगै खेतमा गएको बेला नजिकै रहेको मखनाहा नदीमा नुहाउने क्रममा डुबेर दुवै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

धनौजी गाउँपालिका-५ बहुअर्बाका श्रीकिशुन कापरका आठ वर्षीय छोरा राकेश र दिपु कापरका छ वर्षीय छोरा आशिकको मृत्यु भएको हो। दुवै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। त्यसैगरि महोत्तरीको जलेश्वरमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here