चट्याङ लागेर रौतहटमा एकको मृत्यु भएको छ।

गजुरा नगरपालिका–७ का ४० वर्षीय लक्ष्मण महरालाई आज बिहान चट्याङ लाग्दा मृत्यु भएको हो।

प्रहरीका अनुसार गजुरा नगरपालिका–८ जयराजपुर आफन्तको विवाहमा सरिक हुन गएका महरा आज बिहान पानी परिरहेको बेला नजिकको बारीमा सौच गर्न जाने क्रममा चट्याङमा परेर मृत्यु भएको हो।

प्रहरीको टोली घटनास्थल पुगी थप अनुसन्धान गरिरहेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here