सर्लाही :- जिल्लाको बागमती न.पा.-१२, मा रहेको मानव निर्मित १२१ बिघा क्षेत्रफलमा फैलेको भरत तालमा डुबेर एक युवक बेपत्ता भएका छन् ।

आफ्नो साथीहरुसँग उक्त तालमा माछा मार्न गएका बागमती नगरपालिका वडा नं. १ बस्ने १८ वर्षीय सुशान्त थापा डुबेर बेपत्ता भएका हुन। साउन २ गते (शनिबार) करिब ४ बजेतिर तालमा डुबेर र बेपत्ता भएका थापाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी जुटिरहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक कृष्ण गिरीले बताए।

बागमती नदीको पानी ल्याएर हालिएको कारण तालमा माछा मार्नका लागि स्थानीयहरुसगै थापाका साथ अन्य ६/७ जना साथी पनि तालमा माछा मार्न गएका थिए। थापा बाहेक अरु साथी सकुशल बाहिर निस्किएका प्रहरीले जनाएको छ।

Facebook Comments Box

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here