३ साउन काठमाडौैं । सर्लाहीको बागमतीस्थित भरत तालमा डुबेर बेपत्ता भएका युवक २६ घण्टापछि मृत फेला परेका छन्।

बागमती नगरपालिका–१, मिलन चौकका १८ वर्षीय सुशान्त थापा मगर आज साँझ साँढे पौने ६ बजेतिर मृत फेला परेका हुन्। हिजो दिउँसो तालमा माछा मार्न जाँदा डुबेर बेपत्ता भएका मगर हिजो दिउँसो ४ बजेदेखि तालमा डुबेर बेपत्ता भएका थिए।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निरन्तर खोजी गर्दा युवकको शव फेला परेको हो। बोटमा चढेर तथा पौडी खेलेर खोज्दा समेत युवकको अवस्था थाहा हुन नसकेपछि भ्याकुमको सहायतामा पानी पन्छाएपछि युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अवधेश कुमार यादवले जानकारी दिए।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाउने तयारी भइरहेको छ। बागमती नगरपालिकाले वडा नं.१२ मा १२१ बिघा क्षेत्रफलमा ताल निर्माण गरिरहेको छ।

तालमा बागमती नदीको पानी ल्याएर हाल्ने गरिएको छ। निर्माणाधीन ताललाई दुई भागमा विभाजन गरिएको छ। अहिले तालको दक्षिणी भागमा पानी सुकिसकेको छ भने उत्तरी भागमा मात्रै पानी छ।

युवकसँगै माछा गर्न गएका अरु ५–६ जना भने सकुशल बाहिर निस्कन सफल भएका थिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here