सर्लाही : चुजी फाउन्डेसन अफ ताइवान नामक संस्थाले लालबन्दी १६ परवानीपुरका १३९ दलित घरधुरिलाइ खाद्यान्न सहयोग गरेको छ ।

वडा नम्बर १६ का अध्यक्ष गणेश थापा, फाउन्डेसनका प्रतिनिधि राजाराम पासवान, बिष्णु कुमार दर्जी, चक्र बिश्वकर्मा, परवानीपुर प्रहरी चौकीका प्रहरीहरुको उपस्थितिमा चामल २५ किलो, आटा ३ किलो, दाल, तेल लगायतको सामाग्री बितरण गरिएको हो।

कोभिड १९ को राहत कार्यक्रम रहेकोले यो बिरतण कार्यक्रम लालबन्दी नगरभरी संचालन भएको छ। केही अघि वडा नम्बर १५ का दलित समुदायहरुमा पनि खाद्यान्न सामाग्री बितरण गरिएको फाउन्डेसनका प्रतिनिधि पासवानले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here