सर्लाही : ईश्वरपुर नगरपालिकामा निर्माणसम्मपन्न भएको सडक भत्किकएको जिम्मा निर्माण व्यवसायीले लिने भएको छ।

नगरपालिका वडा नम्बर-६ मा निर्माण गरिएको कालोपत्रे बनेको ७ महिना नबित्दै भत्किएको फोटो र भिडियो सामाजिक संजालमा भाइरल भएको थियो।

उक्त सडक निर्माणको जिम्मा पाएको आचार्य निर्माण सेवाले छिटो र गुणस्तरहीन काम गरेको स्थानीयले आरोप लगाएका थिए। निर्माण समयमा पनि नगरपालिकाका प्रतिनिधिले बेवास्ता गर्दा अहिले कालोपत्रे ठाउँ ठाउँमा भत्किएको र भासिएको छ।

यस विषयमा सर्लाही एक्सप्रेसले ठकेदार कम्पनीका मालिक सीताराम आचार्यसँग सडक भत्किएको बारेमा केही समयअघि जानकारी लिएको थियो।

निर्माणसम्पन्न गरिसकिएको सडक बिग्रेयो वा भत्किएको भन्दै निर्माण कम्पनीले १३ महिनासम्म मर्मत गर्ने सम्झौता भएको उनले जानकारी गराए। जसअनुरुप अबका केही दिनमा मर्मत कार्य सुरु गर्ने आचार्यले प्रतिबद्धता जनाएका छन्।

यस्तै सडकको भार क्षमताभन्दा बढी भार भएका गाडी गुड्नाले पनि सडक भत्किएको उनले बताएका थिए।

नगरपालिका जति बजेटमा सडक निर्माणको ठेक्का दिएको थियो त्यसबाट पनि नपुगेर आफूले निजी लगानी पनि गरेको आचार्यले दाबी गरेका छन्।

वर्षा सकिएलगत्तै नगर प्रमुख, ओभरसियर र इन्जिनियरको टोलीले स्थलगत अवलोकन गरी भत्किएको र भासिएको ठाउँलाई छिटोभन्दा छिटो मर्मत गर्न लगाउने नगरपालिकाका एक कर्मचारीले बताएका छन्।

नगरपालिकाले जुन कम्पनीलाई सडक निर्माणको काम दिएको हुन्छ सो कम्पनीले निर्माण सम्पन्नपश्चात १८ महिनासम्म मर्मतका लागि भन्दै धरौटी राखिने कानुनी व्यवस्था हुन्छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here