कोरोना संक्रमण भएको थाहा पाएपछि सात जना कोरोना संक्रमित भागेका छन्। आइसोलेसन सेन्टरमा लैजाने क्रममा उनीहरू भागेका हुन्।

बिहीबार कैलालीको गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका सात जनामा संक्रमण देखिएको थियो। सातै जना संक्रमितहरू भारतीय नागरिक हुन्। त्रिनगर नाकामा परिक्षण गर्दा गनीहरुलाइ संक्रमण पुष्टि भएको थियो।

रिपोर्ट पोजेटिभ आएपछि उनीहरूलाई सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी–१५ कनरीमा रहेको आइसोलेसनमा पठाउन लागिएको र त्यहीँबाट उनीहरू भागेका त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्य कार्यालय कैलालीका कर्मचारीले बताएका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here