सर्लाही : जिल्लाको बसबरिया गाउँपालिकामा करेन्ट लागेर एक पुजारीको ज्यान गएको छ।

बसबरिया गाउँपालिका-६ सोहड्वामा रहेको राम जानकी मन्दिरका पुजारी विष्णु गाउँपालिका-८ बत्रौलका ६० वर्षीय किशोरी दास बैरागीको करेन्ट लागेर ज्यान गएको हो। दास सो मन्दिरमा बिगत ४५ वर्षदेखि पुजारी बस्दै आएका थिए।

सोमबार साझ भजन किर्तनका लागि मन्दिरको बरण्डामा माइकको तार जोड्न खोज्दा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here