कैलाली : बिहीबार कैलालीको गौरीगंगामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित मृतकका आफन्तले पूर्वपश्चिम राजमार्गको लम्कि खण्ड अबरुद्ध गरेका छन।

गौरीगंगा नगरपालिकाको राजीपुरमा बसले ठक्कर दिँदा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका-४ का २७ वर्षीय ललितजंग रावतको उपचारका क्रममा धनगढीमा मृत्यु भएको थियो।

बिहीबार दिउँसो पश्चिमबाट पूर्वतर्फ आइरहेको ना ४ ख ३७२९ नम्बरको बसले सोही दिशातर्फ आइरहेको म.८ प. ३९८० नम्बरकोे मोटरसाइकललाई ठक्कर दिँदा रावत घाइते भएका थिए।

घाइते रावतको उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएका थियो।

मृतकका आफन्तले क्षतिपूर्ति तथा दोषीलाई कारवाहीको माग गर्दै शुक्रबार बिहानैदेखि लम्कीको बलियामा टायर बालेर सडक अवरुद्ध पारेका छन।ठक्कर दिने बस चालक प्रहरीको नियन्त्रणले हिजै नियन्त्रणमा लिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here