सर्लाही : पोखरीमा डुबेर बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ। सर्लाही हरिपुर हरैयास्थित रहेको सरकारी पोखरीमा डुबेका ३० वर्षिय भरकुर माझी मृत अवस्थामा फेला परेका हुन्।

हिजो मंगलबार पोखरीमा मान्छे डुबेको भन्ने खबर पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले शव फेला पारेको हो।

ईलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षकको टोली र सशस्त्र प्रहरी बलको टोली समेत खटेर स्थानियहरुसँग समन्वय गरी खोजतलास गर्ने क्रममा आज शव भेटिएको हो।

आज १०ः३० बजे जाली हालेर खोज्दा शव भेटिएको प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here