सर्लाही : जिल्लाको लालबन्दी नगरपालिका-१६ (परवानीपुर)मा अनेरास्ववियुले सरकारको विरोधमा बुधबार साँझ बृहत् विरोध जुलुस निकालिएको छ।

अखिलका पूर्वकेन्द्रीय सदस्य एवं हाल लालबन्दी-६ का वडाअध्यक्ष उज्वल कुमार कार्कीको संयोजकत्वमा भेला भएका करिब २०० जनाले परवानीपुरमा मसाल जुलुस निकालेको हो।

सर्लाहीको लालबन्दी-१६ को बोहोरे डाँडा उक्लने फेदीमा जम्मा भएका विद्यार्थी नेता तथा कार्यकर्ताले ‘माकुने चोर, देश छोड’, ‘माकुनेको,पाराले दुःख पायो साराले’जस्ता नारा लगाएका थिए।

हातमा राँको लिएर परवानीपुर चोकबाट दक्षिणतर्फ लागेको मसाल जुलुसलाई केही समयमा नै अस्थायी प्रहरी पोस्ट परवानीपुरका असई बाबुराम भारती नेतृत्वको टोलीले बल प्रयोग गरी डिम जनता माविको गेट नजिक रोकेको थियो।

माधव कुमार नेपालको सांकेतिक शवयात्रासहित अगाडि बढेको जुलुसलाई प्रहरीले रोकेपछि शवको रुपमा बोकिएको पुत्ला जलाउँदै नारा जुलुसपश्चात् कोणसभामा परिणत भएको थियो।

अखिलको लालबन्दी कमिटीको आयोजनामा भएको जुलुसमा परवानीपुर, घारीबथान, लालबन्दी, मलंगवालगात स्थानबाट युवाले सहभागिता जनाएका थिए।

परवानीपुरको बोहोरे डाँडामा निर्मित शहिद पुष्पलालको शालिक बिहीबार(आज) नेता नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेकोले त्यसको विरोधमा कार्यक्रम गरिएको विद्यार्थी नेताहरूले बताए।

कम्युनिष्टको जन्मदाता एवं महान नेता पुष्पलालको शालिकलाई माकुनेजस्तो अपवित्र र ‘दलालहरु’को सरदार, नेकपाको लागि कालो मान्छेले अनावरण गर्न आउन लागेको भन्दै विरोध गरिएको वडाध्यक्ष कार्कीले बताए।

नेपाली कांग्रेस उपसभापति विजय कुमार गच्छधारलाई भ्रष्टाचारी करार गर्दै राैतहट घटनामा संग्लन कांग्रेस नेता मोहम्मद अफताब आलमजस्ता ज्यानमारा अपराधीको पक्षमा रहेको सरकारको विरोधमा प्रदर्शन गरिएको पनि उनले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here