सर्लाही : होन्डा ७० औं एनिभर्सरीका नाममा सामाजिक सञ्जाल मेसेन्जरमा एउटा सन्देश भाइरल भएपछि नेपालमा होन्डाको आधिकारिक बिक्रेता होन्डा नेपालले यस्तो अभियान सञ्चालन नगरिएको प्रष्ट पारेको छ।

हिजो (बुधबार) देखि होन्डा ७० औं एनिभर्सरी फिशिङ म्यासेज भाइरल भएको छ। म्यासेज खोलेपछि होन्डाको स्कुटर जितेको र यो म्यासेज अरुलाई पनि फरवार्ड गरेर पुरस्कारका लागि दर्ता हुन भनिन्छ।

यस्तो सन्देश भाइरल भएपछि होन्डाले विज्ञप्ति नै जारी गरेर सचेत हुन आग्रह गरेको छ।‘सर्वसाधारणलाई यो सन्देश बेवास्ता गर्न र व्यक्तिगत विवरणहरू नपठाउन आग्रह गर्दर्छौं,’ होन्डाले भनेको छ।

स्क्याम फेसबुकमा रिपोर्ट गरिएकोले उक्त स्क्याम लिंकमा क्लिक नगर्न होन्डा नेपालको आग्रह छ। त्यस्तै, होन्डा एनिभर्सरी र त्यस्ता प्रकारका कुनै पनि शंकास्पद फिशिङ लिंकहरु आइरहेका छन् भने त्यसलाई क्लिक नगर्न र साइबर आक्रमणको शिकार नबन्न समेत होन्डा नेपालले आग्रह गरेको छ।

पछिल्लो समय नेपालमा प्रतिष्ठित कम्पनीको नाम र लोगोका प्रयोग गरेर फिशि गर्ने घटनाहरु बढ्दै गएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here