जलेश्वरबाट जनकपुर आउँदै गरेको बसको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

महोत्तरी पिपरा गाउँपालिका ५ हर्दिया बस्ने २७ वर्षका सुजित कुमार झाको उपचार क्रममा बिहीबार साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचारको क्रममा मृत्यु भएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

झा बिहीबार बिहान पौने १० बजेको समयमा ज८ प ९०६५ नम्बरको मोटरसाइकलमा पिपरातर्फ गइरहेका बेला जनकपुरतर्फ आउँदै गरेको ना८ख ७२०३ नम्बरको बसले ठक्कर दिएको थियो।

सोही बसले बीआर ३२ वाई ५३३१ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँदै लछार्दै गइरहेको बेला झाको मोटरसाइकल र प्रदेश २–०३–००६ प २३१ नम्बरको स्कुटरमा ठोक्किएको थियो।

दुर्घटनामा झासहित चार जना घाइते भएका थिए। स्कुटर चालक जनकपुरधाम उपमहानगरपालिका १ बस्ने वर्ष ३५ की गंगा कुमारी सिहं, भारतीय नम्बर प्लेट मोटरसाइकल चादक भारत मधुबनी बिहार कमलाबाढी महरैया बस्ने बर्ष ३० का गणेश सहनी र उनकै मोटरसाइकलमा सवार बर्ष ३२ का रामनारायण सहनी घाइते भएका छन्।

मोटरसाइकल चालक सहनीको अवस्था गम्भीर रहेको छ। उनलाई थप उपचारका लागि विराटनगर पठाइएको छ भने अन्य दुई घाइतेको जानकी हेल्थकेयर जनकपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here