सर्लाही : लालबन्दी नगरपालिका वडा नम्बर १५ मा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृतिमा उनको सालिक अनावरण गरिएको छ।

साथै त्यहाँ पुष्पलालको ४३ औं स्मृति दिवसको अवसरमा सालिक अनावरण गर्नुको साथै वृक्षरोपण पनि गरिएको छ।

एमाले जिल्ला अध्यक्ष रेवती पन्तको प्रमुख आतिथ्यमा प्रदेश सभाका सदस्यहरु बेची लुंगेली, डिल्ली उप्रेती, लालबन्दी नगरपालिका मेयर मान बहादुर खडका, उपमेयर शान्ति लामा, हरिपुर नगरपालिकाका मेयर जमरुद्दिन अन्सारी, प्रतिष्ठानका प्रदेश सदस्य सुरेन्द्र लामा, नेता केशव ढुंगानालगायत जिल्ला नेताको उपस्थिति रहेको थियो।

 

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here