सर्लाहीको लालबन्दी नगरपालिका बिजुली आपूर्ति नभएपछि खानेपानीको चरम अभाव भएको छ। मुख्यगरी लालबन्दी नगरपालिकाका उत्तरी भेगमा खानेपानी अभाव हुन थालेको छ।

हिजो (बिहीबार) राति वर्षासँगै आएको हावाहुरीका कारण जिल्लामै बिजुली आपूर्ति हुन सकेको छैन। बिजुली गएपछि खानेपानी वितरण हुन नसकेको हो।

लालबन्दी नगरपालिकाका खासगरी १०, ११, १२, १३ नम्बर वडाका स्थानीयमा खानेपानी अभाव भएको छ। धारामा पानी नआएपछि उनीहरू पुरानो इनार र अन्यत्रबाट पानीको जोहो गरिरहेका छन्। ‘ हिजो बिहानदेखि बत्ती गयो। राति १० बजेतिर आए पनि फेरि बिहान ३ बजेदेखि छैन। त्यसैले खानेपानी पनि बन्द भएको हो,’ लालबन्दी १० का एक स्थानीयले भने।

लालबन्दी खानेपानी तथा सरसफाइ तथा समितिका सूचना अधिकारी मनोज बख्रेलले भने खानेपानी अभाव हुन नदिन सक्दो प्रयास गरिएको बताए। उनले आजै (शुक्रबारै दिउँ‍सो खानेपानी छाडिने सर्लाही एक्सप्रेससँग बताए। उनले भने, ‘बत्ती आएको छैन, हामी बत्ती आउने बित्तिकै पानी छाड्ने तयारीमा छाैं।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here