आज मिति २०७८ साल श्रावण ९ गते शनिबार इश्वी सन २०२१ जुलाई २४ तारीख असार शुक्लपक्ष पूर्णिमा तिथी पश्चात प्रतिपदा तिथी, पञ्चाङ्ग: विश्कम्भ बभ उत्तराषाढ़ा, उत्तराषाढा नक्षत्र विष्कुम्भ योग वालव करण चन्द्रमां मकर राशिमा आनन्दादि योगमा राक्षस योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु गुरुपूर्णिमा,गुरुव्यासपूजा, दक्षिणामूर्ति पूजा, मन्वादि, दिलापून्हि,भ.पु.वीरनदी स्नान,मानसव्रतारम्भ ।।।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । हुलमुलमा धनमाल हराउन सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनत अनुसार फाइदा कमै होला । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आज नसोचेको ठाँउबाट धनको लाभ हुने देखिन्छ । ब्यापार ब्यवसायमा पनि प्रशस्तै लाभ हुने देखिन्छ । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । कर्मको उचित प्रतिफल पाइनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
मसलाजन्य खानबाट आज एकदमै सावधान रहनु होला । भौतिक साधनको क्षतिले रुपैँया पैसाको हानि हुने देखिन्छ । अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । स्वास्थ्य कमजोर रहनाले पढाइ लेखाइमा समय दिन नसकिएला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
परिवारजनबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । सानातिना काम र घरेलु समस्यामा अल्झनु पर्ने देखिन्छ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । केही प्रतिस्पर्धा हुने सम्भावना छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ । मौकाको फाइदा उठाउन नसकिएला । सवारी साधन चलाउँदा सावधानी अपनाउनु होला । नयाँ काममा हात हाल्ने समय छ । सोखले खर्च बढाउन सक्छ । प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ । धर्म कर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ । अस्वस्थताले काममा बाधा पुर्याउला । बाध्यताले अलमल्याउन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । प्रयत्न गर्दा गर्दै पनि सफलता हात लाग्ला । दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनत अनुसार फाइदा कमै होला । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा मामिलामा पनि विजयी भइनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आम्दानी तथा आयआर्जनका स्रोत समेत बढ्ने समय छ । व्यापारमा मनग्य फाइदा हुनेछ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान समेत पाइएला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

राशिफलमा जे जस्तो लेखिएको भएपनी हजुरको दिन शुभ रहोस।।।।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here