सर्लाही : डडेल्धुरामा एक किशोरीमाथि बलात्कारको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्लाको आलिताल गाउँपालिका-६ की १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा परशुराम नगरपालिका-५ परिगाउँका २३ वर्षीय विपिन भट्टराई र डोटीको जोरायल गाउँपालिका-२ बुडरका २३ वर्षीय आकाश मल्ल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता राजेन्द्रबहादुर चन्दले बताए।

चन्दका अनुसार डोटीको जोरायल गाउँपालिका-२ बुडरबाट ती युवतीलाई घर पुर्‍यादिन्छु भनि लगेर बीच बाटोमै बलात्कार गरिएको थियो। पीडित युवतीले प्रहरीमा मुद्दा दर्ता गरेपछि ती दुई युवकलाई साउन ५ गते पक्राउ गरिएको चन्दले बताए।

युवकहरू पक्राउ गरेको चार दिन भइसक्दासमेत प्रहरीले घटना गोप्य राखेर पैसाको बार्गेनिङमा मुद्दा मिलाउन खोजेको आरोप लागेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here