सर्लाही : कैलाली र बर्दियाको सिमामा बग्ने कर्णाली नदीमा नुहाउन गएका दुई जना बालबालिका बेपत्ता भएका छन् ।

बर्दियाको गेरुवा गाउँपालिका ६ का १२ वर्षीय सन्दीप विक र उनकी आठ वर्षीया बहिनी दिलमाया विक कर्णाली नदीको सैजना घाटमा नुहाउने क्रममा बेपत्ता भएका इलाका प्रहरी कार्यालयका पाताभारले जनाएको छ।

शुक्रवार दिउँसो घरबाट खेल्न जान्छु भनेर गएका दाजुबहिनी नुहाउने क्रममा बेपत्ता भएको खबर आए लगत्तै खोजी सुरु गरिएको इलाका प्रहरी कार्यालय पाताभारले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here