सर्लाही : बुधबार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ मा बिहीबार यो संख्या १ सय ३३ पुग्यो। प्रदेशभर ७ सय ५९ जना सक्रिय संक्रमित छन्।

सप्तरी, सिरहा, सर्लाही, रौतहट र बारास्थित जिल्ला अस्पतालमा डेडिकेटेड कोरोना वार्ड समेत छैनन्। भएकामा पनि अक्सिजन र भेन्टिलेटर छैन।

मुलुकका अन्य स्थानमा दिनहुँ संक्रमित संख्या तीव्र रूपमा बढे पनि सर्लाहीमा परीक्षण नै गरिएको छैन। यहाँ क्वारेन्टाइन र आइसोलेसनको समेत व्यवस्थापन हुन नसक्दा सक्रिय संक्रमित घरमै असावधानीवश बस्न बाध्य छन् ।

सर्लाहीमा शव व्यवस्थापनमा खटिएको सेनाको टोलीलाई समेत आइसोलेट हुन समस्या परेको छ। उपचार क्रममा नारायणी अस्पतालमा मृत्यु भएका मलंगवा नगरपालिका–३ का ४२ वर्षीय पुरुषको शवलाई सेनाको टोलीले स्थानीय झिमखोलामा अन्त्येष्टि गरेको थियो।

तर छुट्टै आइसोलेसन केन्द्र स्थापना नभएको र स्थानीय होटलले समेत राख्न नमानेपछि सेना आफैंले आइसोलेसनको प्रबन्ध मिलाएको हो । कोरोनाको दोस्रो लहर सुरु भएयता जिल्लामा संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here