सर्लाही : लागुऔषध चरेशसहित तीन जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका ११ का ५९ वर्षीय बीरबहादुर बल, कैलाश गाउँपालिका ५ का २५ वर्षीय सुकराम पाख्रीन र काभ्रेको नमोबुद्ध नगरपालिका ११ का सुकलाल तामाङ छन्।

उनीहरुको साथबाट ११ किलो १ सय ग्राम चरेश बरामद भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

उनले मलंगवा नगरपालिका २ स्थित नेपाल भारतको सिमाना नजिकबाट तिनैजना पक्राउ परेका बताए ।

शंका लागेर प्रहरीले चेकजाँच गर्दा चरेश भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको छ। अहिले थप अनुसन्धान भइरहेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here