सर्लाही : महोत्तरीको बर्दिवासमा एक बृद्धाको शव फेला परेको छ।

आज दिउँसो अन्दाजी ६५/७० बर्ष उमेर भएकी मंगोलियन मूलको अनुहारजस्तो महिलाको शव वेवारिसे अवस्थामा फेला परेको हो।

बर्दिवास नगरपालिका १ स्थित भव्सी पुलमुनि वेवारिसे अवस्थामा भेटिएकी सो महिलाको शवको पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। त्यस्तै कोहि कसैले उक्त महिलालाई चिन्नु हुन्छ भने ईलाका प्रहरी कार्यालय बर्दिवासको मोबाइल नम्बर ९८५४०९००६६ सम्पर्क गर्न अनुरोध गरेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here