सर्लाही :- शनिबार मलेसियाबाट एकैपटक २४ जना नेपालीको शव ल्याइएको छ। अन्य तीनजना नेपालीको अस्तु ल्याइएको छ।

वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया रहेका बेला विभिन्न समयमा मृत्यु भएका २४ नेपालीको शव शनिबार बिहान नेपाल एयरलाइन्स मार्फत नेपाल ल्याइएको हो।

ल्याइएको शव वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा परिवारहरुलाई जिम्मा लगाइएको छ।

त्यस्तै परिवारकै सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको अस्तु नेपाल ल्याइएको जनाएको छ।वैदेशिक रोजगारको शिलशिलामा गएका मध्य सबैभन्दा बढी नेपाली मलेसियामा रहेका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here