सर्लाही : उपत्यकाका बिभिन्न स्थानमा भन्सार छलि सवारी साधन चोरी निकासी गरि बिक्री गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका-६ बौद्धबाट हुन्डाई कम्पनीको दुई गाडीसहित मुस्ताङ लोधोगार दामोदरकुण्ड गाउँपालिका-४ घर भई बौद्ध बस्ने ३८ वर्षीय आग्या गुरुङ र भारत दार्जिलिङ घर भई बौद्ध बस्ने ४३ वर्षीय सोनाम टासी योल्मोलाई पक्राउ गरेको हो।

महाशाखाका अनुसार उनीहरुको साथबाट बा. १९ च. २०३६ र DL8CAZ6082 नम्वरकाे गाडी बरामद गरिएको छ। उनीहरुलाई गाडीसहित आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय  विमानस्थल भन्सार कार्यालय पठाइएको महाशाखाले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here