सर्लाही : रोल्पामा प्रहरीले एक महिलामाथि भएको बलात्कार घटना गाउँमै मिलापत्र गराउने एक वडासदस्यसहित ६ जना पक्राउ गरेको छ।

२७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा जेठाजु नाता पर्ने ५१ वर्षीय पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेश सुवेदीले जानकारी दिए।

साथै घटना मिलापत्र गराएको आरोपमा लुङ्ग्री गाउँपालिकाका वडासदस्यसहित ६ जनालाई पक्राउ गरेको छ। मिलापत्र गराएको आरोपमा वडासदस्य हिमबहादुर बिष्ट, दुर्गे बिष्ट, नविन बिष्ट, पुस्त बिष्ट, पुस्ते खड्का र पीडितका ससुरालाई प्रहरीले पक्राउ गरेको हो ।

घटना गत साउन २ गते बिहान ३ बजेको हो। घटना हुँदा पीडित महिला चिच्याएपछि ससुराले सुनेका थिए। ससुराले घटनाबारे थाहा पाएर वडासदस्य हिमबहादुर बिष्टलाई खबर गरी छलफल गरिदिन भनेका थिए ।

छलफलपछि उनीहरूले जेठाजुलाई २० हजार रुपैयाँ जरिवानासमेत तोकेका थिए। तर, त्यसमध्येको केही रकममात्रै पीडितलाई दिएर बाँकी रकम कोष खडा गरी त्यहाँ राख्ने निर्णयसमेत गरिएको थियो।

पीडित महिलाले त्यहाँबाट न्याय नपाएको महसुस गरेपछि प्रहरी कार्यालयको सम्पर्कमा गएकी थिइन् ।

प्रहरी नायब उपरीक्षक सुवेदीले भने, ‘हामीले मिलापत्र गराउनेहरूलाई मतियारको रूपमा कानुनअनुसार कारबाही गर्न पाउने प्रावधान छ । त्यहीअनुसार अनुसन्धान अघि बढाएका छौं । मिलापत्रमा चित्त नबुझेको कारणले पीडित महिला प्रहरी कार्यालयमा सम्पर्कमा आउनुभयो।’

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here