सर्लाही : जनता समाजवादी पार्टी (जसपा) का नेता तथा कार्यकर्ताको ठूलो संख्या पार्टी परित्याग गरी आज नेकपा एमालेमा प्रवेश गरेका छन्।

जसपा सर्लाहीका अध्यक्ष र उपाध्यक्षसहित ५० जना एमाले प्रवेश गरेका हुन्।

काठमाडौंस्थित नेकपा एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सर्लाही जिल्ला अध्यक्ष रामरिख राय यादव र उपाध्यक्ष चन्द्र यादवसहित कार्यकर्ता एमाले प्रवेश गरेका हुन्।

उनीहरूलाई एमाले नेता एवं बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले पार्टीमा स्वागत गरेका हुन्।

स्वागत कार्यक्रममा पाण्डेले एमालेमा नयाँ पुरानो भनेर विभेद नहुने बताउँदै समान व्यवहार गरिने बताए। मन्त्री पाण्डेले उनीहरूलाई पार्टीमा महत्वपूर्ण जिम्मेवारीसमेत प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here