सर्लाही :- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने श्रमिक र विद्यार्थीका लागि कोभिड-१९ विरुद्धको खोप लगाउन काठमाडौं उपत्यकामा दुई वटा खोप केन्द्र तोकेको छ।

मन्त्रालयले काठमाडौं उपत्यकाको खोप केन्द्रबारे सूचना जारी गर्दै काठमाडौं उपत्यकाको हकमा नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर उनीहरुले खाप लगाउन सकिने जानकारी गराएको छ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले विदेश जाने श्रमिक र विद्यार्थीले उक्त खोप केन्द्रमा गएर भेरोसेलको खोप लगाउन पाउने बताए।

खोप लगाउन जाँदा पासपोर्ट र भिसा अनिवार्य देखाउनुपर्ने मन्त्रालयको जनाएको छ।

सरकारले काठमाडौंको सामाखुसीस्थित राधास्वामी आइसोलेसन सेन्टरलाई स्थायी खोप केन्द्रको रुपमा स्थापना गरेको छ।

उक्त खोप केन्द्रमा स्वास्थ्य कार्यालयले विभिन्न समयमा तोकेको लक्षित समूहले खोप लगाउन सक्ने बताएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here