सर्लाही : नदीमा डुबेर ८ वर्षीय बालकको मृत्यु भएको छ। कोसी नदी किनारमा दाउरा संकलन गर्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको हो।

भारतको विहार राज्य सुपौल जिल्ला कुनौली ग्राम पञ्चायत-७ का सीताराम मुखियाका ८ वर्षीय छोरा विकास कुमारको सोमबार डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

भारतको विहारका स्थायी बासिन्दा बालक हनुमाननगर कंकालिनी नगरपालिका-१४ स्थित आफ्नो मामाघर आएका थिए।
Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here