नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाली चलचित्र उद्योगलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। शुक्रबार काठमाडौँमा आयोजना भएको एउटा म्युजिक भिडियो सार्वजनिक कार्यक्रमका अध्यक्ष गोल्छाले कोरोना महामारीका कारण थला परेको चलचित्र उद्योगलाई लयमा फर्काउन महासंघ सधैँ तयार रहेको बताए ।

‘कोभिड–१९ का कारण भएको लामो लकडाउनपछि धेरै व्यवसाय विस्तारै तङ्ग्रिदै छन्। तर केही क्षेत्रहरूमा समस्या यथावत् नै छ । तर चलचित्र क्षेत्रको समस्या यथावत नै छ’ गोल्छाले भने, ‘म तपाईंहरूलाई कोभिड–१९ बाट चलचित्र क्षेत्रमा पर्न गएको असरलाई कसरी न्यूनीकरण गर्न सकिन्छ र यसलाई कसरी अगाडि बढाउन सकिन्छ त्यसमा महासंघको साथ, सहयोग रहनेछ।’

उनले नेपाली चलचित्र क्षेत्रलाई एउटा उद्योगका रूपमा विकास गर्न महासंघ सधैँ तयार रहेको बताए ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here