सर्लाही : टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह एलेक्सले आज प्रतिस्पर्धा गर्दैछन्।

एलेक्सले पुरुषको एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्। उनको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ। एलेक्स हिट वानमा रहेका छन्। सात खेलाडी रहेको हिट वानमा एलेक्स छैटौँ लेनमा रहेका छन्। एलेक्स रहेको हिट वानमा प्यालेस्टाइन, भुटान, माल्दिभ्स, कोसोभो, गुएना र सोलोमोन आइसल्यान्डका खेलाडी रहेका छन् ।

पौडीकै गौरिका सिंहले भोलि खेल्दै छिन्। गौरिकाले महिला एक सय मिटर फ्रिस्टाइलमै प्रतिस्पर्धा गर्नेछिन्।

टोकियोमा चलिरहेको ओलम्पिकमा जापान आठ वटा स्वर्णपदकसहित शीर्ष स्थानमा रहेको छ। जापानले आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित १३ पदक जितेको छ। यस्तै दोस्रो स्थानमा रहेको अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्यसहित १४ पदक जितेको छ। चीन ६ स्वर्णसहित तेस्रो स्थानमा छ। चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्यसहित १८ पदक जितेको छ।

यस्तै, रुस ओलम्पिक काउन्सिलले चार स्वर्ण जितेको छ भने बेलायत र दक्षिण कोरियाले तीन-तीन स्वर्ण पदक जितेका छन्। अस्ट्रेलिया र कोसोभोले दुईरदुई वटा पदक जितेका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here