महोत्तरी:-महोत्तरीको गौशाला नगरपालिका-११ बिजुलीको तारमा अल्झेर दुर्घटना हुदा ना.५६ प. १२६४ नम्बरको पल्सर मोटरसाइकलमा सवार तीन युवक घाईते भएका छन।

हिजो दिउँसो आएको अविरल हावाहुरीको कारण बिजुलीको तार रोडमै खसेको र सोही तारमा मोटरसाइकल अल्झेको कारणले राती दुर्घटना भएको हो।तार झरेको २४ औं घण्टा बितिसक्दा गौशाला विद्युत प्रावधिकरणले तारको व्यवस्थापन र लापरबाहीको कारण दुर्घटना भएको स्थानीहरुले बताए।

तिनै जना विवाहको जन्तीमा धननारायणटोलमा आएको र जन्ती घर फर्किने बेलामा दुर्घना भएको स्थानीयले बताए । घाईते हुनेमा सर्लाहीको कबिलासी नगरपालिका वडा न १० सलेमपुर बस्ने अन्दाजी २५ वर्षीय रबिराज श्रेष्ठ, २४ वर्षीय अनिष दास, सुरज श्रेष्ठ घाईते भएका छन ।

घाईते तिनै जनालाई गौशाला नगरपालिका वडा न ११ मा रहेको अंजनी क्लिनिकमा प्राथमिक उपचार पछि थप उपचारको लागी बर्दिवासको शुभस्वतिक हस्पिटलमा पठाईएको ईलाका प्रहरी कार्यालय गौशलाका प्रहरी निरिक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिनुभयो ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here