सर्लाही : रुकुम पश्चिममा एक महिलाको शव फेला परेको छ। त्रिबेणी गाउँपालिका-४ छहरे निबासी २६ बर्सिया कमला खड्काको शव फेला परेको हो।

सोमबार बेलुका ७ बजेतिर भैसीलाई घाँस हाल्न घर भन्दा २ सय मिटर टाढा रहेको गोठमा गएकी थिईन।

धेरै समय सम्म घरमा नआएपछि स्थानीयले खोज्दा गोठभन्दा तल उनको शव फेला परेको थियो।

मकै र रुखका बुट्यान भाचिएकाले धारिलो हतियार प्रयोग गरि हत्या भएको हुनसक्ने वडा अध्यक्ष चन्द्र बहादुर खड्काको आशंका छ।

घटना लगतै प्रहरी टोली पुगिसकेकोले अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक ध्रुब कुमार श्रेष्ठले बताए।

घटनाको प्रकृति हेर्दा बलात्कार गरि हत्या गरेको हुनसक्ने प्रहरी र स्थानीयको अनुमान छ। मृतकका श्रीमान बल बहादुर खडका वैदेशिक रोजगारीमा छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here