सर्लाही : जिल्ला सदरमुकाम मलंगवा नगरपालिका-११ स्थित चौरबाट प्रहरीले करिब १ सय ३५ किलो अवैध लागुऔषध गाँजा बरामद गरेको छ।

सोमबार राती अस्थाई प्रहरी पोष्ट पेट्रोल पम्पबाट गस्तीमा गइरहेको प्रहरीलाई देख्नासाथ ठुलो पल्छीबाट सानो पल्छीतर्फ गईरहेको ९ जना व्यक्तिहरुले पोका फाली फरार भएका थिए। उक्त पोका जाँच गर्दा गाँजा बरामद गरेको हो।

फरार व्यक्तिहरूको तीब्र रुपमा खोजी गरिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here