काठमाडाैं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप जोनसन एण्ड जोन्सनको प्रयोगसम्बन्धी अन्तरिम मार्गदर्शन जारी गरेको छ ।

मन्त्रालयद्वारा जारी उक्त मार्गदर्शनमा खोपबारे केही जान्नैपर्ने विवरण समावेश गरिएको छ ।

एक मात्रा मात्रै लगाए पुग्ने यो खोप लगाएको व्यक्तिको शरीरमा १४ दिनपछि कोरोनाविरुद्ध लड्ने प्रतिरक्षा प्रणालीको विकास हुन्छ ।

तयारी तरल अवस्थामै भाइलमा उपलब्ध हुने यो खोप रंगविहिन, हलुका पहेँलो पारदर्शी वा अर्ध पारदर्शी तयारी झोलको रुपमा उपलब्ध हुन्छ । प्रति भाइलमा ५ मात्रा(०.५ मिलि) यो खोप पाइन्छ ।

ढुवानी कसरी गर्ने र तापक्रम कति राख्ने ?

यो खोप लामो समयसम्म भण्डारण गर्ने हो भने, २० डिग्री सेल्सियसमा राख्न सकिन्छ । छोटो अवधि जस्तै ४।५ महिनासम्म मात्रै भण्डारण गर्ने हो भने २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ ।

तर, एक पटक २ डिसेदेखि ८ डिसेमा राखिसकेपछि यसलाई पुनः माइनस तापक्रम वा जम्ने तापक्रममा भने राख्न हुँदैन ।

नेपालमा ल्याउँदा नै यो खोप २ डिसेदेखि ८ डिसेमा राखिएको हुन्छ । त्यस्तै लेबलिङ गर्दा पनि यति नै भएको हुनाले यो खोपलाई जम्न दिनु हुँदैन ।

त्यसकारण यो तापक्रममा राखेर कन्डिसनिङ गरेको आइसप्याकको मात्रै प्रयोग गर्नुपर्छ । यदि जमेको अवस्थामा छ भने यो खोप लगाउनु उचित हुँदैन ।

संघीय र प्रदेश स्तरमा यो खोप वाक–इन–कुलरमा भण्डारण गर्नुपर्छ ।

जिल्ला तह र वितरण केन्द्रमा रेफ्रिजेरेटरमा भण्डारण गर्न सकिन्छ भने स्वास्थ्य संस्थामा रेफ्रिजेरेटर वा कन्डिसनिङ गरेको आइस प्याक राखेर कोल्ड बक्समा भण्डारण गर्न सकिन्छ ।

खोप केन्द्र या खोप सेसनका लागियो खोप ढुवानी गर्दा कन्डिसनिङ गरेको आइस प्याक राखेको कोल्ड बक्स वा भ्याक्सिन क्यारियरमा राखिनुपर्छ । कति हुन्छ खोपको म्याद रु

सामान्यतया यो खोपको भाइलमा म्याद उल्लेख गरिएको हुँदैन । म्याद सम्बन्धी जानकारी लिनका लागि भाइलमा भएको क्यू आर कोड स्क्यान गरेर या धधध।खबहअजभअप।वष्व मा गएर हेर्न सकिन्छ ।

नेपालमा १२ जुलाई २०२१ मा प्राप्त भएको यो खोपको म्याद २० नोभेम्बर २०२१ मा सकिन्छ । त्यसकारण यो खोप २० नोभेम्बर, २०२१ भित्र प्रयोग गरिसक्नुपर्छ ।

पाँच मात्राको भाइलमा उपलब्ध हुने यो खोप प्रतिव्यक्ति ०।५ मिलि दिइन्छ । भाइलमा उपलब्ध हुने यो खोप लगाउन खोपसँगै उपलब्ध हुने एडी सिरिञ्जको प्रयोग गर्नुपर्छ ।

कस्ता व्यक्तिले लगाउने ?

विशेषगरी १८ वर्षमाथिका उमेर समूहकाले लगाउने यो खोप रोग प्रतिरोधात्मक क्षमता कम भएका र दीर्घरोगीहरुले यो खोप लगाउन सक्छन् ।

जटिल अवस्था वा अनियन्त्रित रोग लागेका वा दीर्घरोग भए पनि औषधि सेवन नगरेको अवस्थाका व्यक्तिहरूले चिकित्सकको परामर्श र निगरानीमा मात्रै यो खोप लगाउन पर्नेछ ।खोप लगाएपछि कस्ता असर देखा पर्छन् रु

कोरोनाविरुद्धको यसअघिका कोभिसिल्ड र भेरोसेल खोप जस्तै यो खोपले पनि केही असर छोड्छ । खोप लगाएपछि लगाएको ठाउँमा दुख्ने, हल्का रातो हुने, सुन्निने र चिलाउने हुन्छ ।

त्यस्तैगरी शारीरिक आलस्य हुने, थकाइ लाग्ने, तथा कमजोर भएको महशुस हुने पनि खोप लगाएपछिका साइडइफेक्ट हुन् ।

योसँगै खोप लगाएपछि जाडो हुने, ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, खोकी लाग्ने, वाकवाकी लाग्ने, खोकी लाग्ने आदी हुन्छ । यस्ता असर देखिँदैमा आत्तिनु भने पर्दैन । यी लक्षण १–२ दिनमा आफैं हराएर जान्छन् ।

तर, लगातारसम्म असह्य हुनेगरी टाउको दुखेमा, कम्पन आएमा, धमिलो देखिएमा, मानसिक स्थितिमा परिवर्तन भएमा, खोप लगाएको ठाउँ भन्दा अन्य ठाउँमा निलो डाम देखिएमा वा सानो थोप्लोजस्तो दागहरू देखिएमा, श्वास फेर्न गाह्रो भएमा, छाती दुखेमा, लगातार पेट दुखेमा वा सुन्निएमा, शरीरको कुनै पनि अंग कमजोर या लुलो भएमा तुरुन्तै चिकित्सकको परामर्श लिनुपर्छ ।

अर्को समस्या भनेको कोरोनाविरुद्धको कुनै पनि खोप लगाएपछि एनाफाइलेक्सिसको सम्भावना पनि हुन सक्छ । यो विरलै देखिने तर गम्भीर हुन सक्ने समस्या हो, जुन खोप लगाएको ५ मिनेटदेखि आधा घण्टा भित्र हुन सक्छ ।

त्यसैले खोप लगाएको आधा घण्टासम्म खोप केन्द्रमा स्वास्थ्यकर्मीको निगरानीमा रहन सुझाइन्छ ।

यदि एनाफाइलेक्सिसको समस्यालाई व्यवस्थापन गर्नका लागि प्रत्येक खोप केन्द्रमा एडिर्नलाइन र ०.५ मिलिग्राम सिरिञ्ज अनिवार्य राखिनुपर्छ ।

पहिला पनि कुनै कारणवश गम्भीर प्रकारको प्रतिक्रिया९सिभियर एलर्जिक रियाक्सन० वा एनाफाइलेक्सिस भएको व्यक्तिलाई यो खोप नदिन सुझाइन्छ ।

त्यसकारण सबैलाई खोप दिनु पहिला एनाफाइलेक्सिस भएको छ/छैन भन्नेबारे सोधेर मात्रै खोप दिनुपर्छ । यदि भएको खण्डमा चिकित्सकको सल्लाहमा मात्रै यो खोप दिनुपर्छ ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here