काठमाडौं । टोकियो ओलम्पिकको पदक तालिकामा जापानले आफ्नो अग्रतालाई कायमै राखेको छ । पाँचौ दिनको खेल सकिँदा जापानले १३ स्वर्ण ४ रजत र ५ काश्य सहित कुल २२ पदक जितेको छ ।

पदक तालिकामा चीन दोस्रो स्थानमा पुगेको छ । उसले अहिलेसम्म १२ स्वर्ण ६ रजत र ९ काश्यसहित कुल २७ पदक जितेको छ । यस्तै तेस्रो स्थानमा झरेको अमेरिकाले ११ स्वर्ण, ११ रजत र ९ काश्यसहित ३१ पदक जितेको छ ।

ओलम्पिकको झण्डामुनी खेलिरहेको रसियन टिम चौथो स्थानमा छ । उसले ७ स्वर्ण, ९ रजत र ६ काश्य जितेको छ । अष्ट्रेलियाले ६ स्वर्ण, १ रजत र ९ काश्य हात पारेको छ । यस्तै बेलायतले ५, कोरियाले ४, जर्मनी र फ्रान्सले ३/३, नेदरल्याण्ड्स, क्यानडा, हंगेरी, स्लोभेनिया र कोसोभोले २/२ स्वर्ण जितेका छन् ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here