सर्लाही : जुम्लाको छुमचौरमा भीषण वर्षापछि आएको बाढीले घट्ट बगाउँदा अपाङ्गता भएकी एक महिलाको ज्यान गएको छ।

बाढीले घट्ट बगाउँदा जुम्ला पातारासी गाउँपालिका वडा नम्बर ३ की ३५ वर्षीया शर्मिला बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

शारीरिक रुपमा अपाङ्ग र बोल्न नसक्ने महिलालाई बाढीले बगाएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी यौवन चौधरीले बताए । पातारासी गाउँपालिकाका वडाध्यक्ष बिर्खराम बोहराका अनुसार बाढी आएपछि दौडन नसकेर उहाँलाई बगाएको हो।

उहाँसँगै घट्ट गएका मुनसोभा बोहरा र जसकला रावत भने भागेर बाँच्न सफल भएका छन्।

बाढीले अहिलेसम्म करिब ६ वटा घट्ट, २० वटाभन्दा बढी चौपाया र एक हेक्टरभन्दा बढी बालीनाली र जग्गामा क्षति पुर्याएको वडाध्यक्ष बहोराले जानकारी दिए।

बाढीले वडा नम्बर २ र ३ जोड्ने काठेपुल बगाउँदा आवतजावत गर्न कठिनाइ भएको उनले बताएका छन ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here