सर्लाही :- धनुषाको लक्ष्मीनियामा सरकारी स्कार्पिओ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य पाँचजना गम्भीर घाइते भएका छन्।

जनकपुर-ढल्केबर सडक खण्ड अन्तर्गत लक्ष्मीनिया गाउँपालिकामा पुल निर्माणको लागि खनिएको खाल्डोमा ज-२०-०२-०००१ ख ००३५ नम्बरको स्कार्पिओ खसेर दुर्घटना भएको हो।

आज (शुक्रबार) बिहान करिब ५ बजे ढल्केवरबाट जनकपुर तर्फ जाँदै गरेको स्कार्पिओ तिव्रगतिको कारण दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका महोत्तरी भंगाह-९ का ४५  बर्षिय चालक दीपक यादवको प्रदेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले बताए।

पाँचजना घाइतेको उपचार प्रादेशिक अस्पतालमै भइरहेको छ। उनीहरुको परिचय नखुलेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुनारले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here