काठमाडौं:-प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा भत्किँदा ज्यान गुमाएका व्यक्तिका परिवारका एक जनालाई रोजगारी दिने बताएका छन् ।

शनिबार पुनिर्मित धरहराको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूकम्पले भत्काएको धरहरामा ज्यान गुमाउने परिवारका एक जना सदस्यलाई प्राथमिकताका आधारमा धरहरामा नै रोजगारी दिने बताएका हुन् ।

धरहरामा बन्दै गरेको बगैँचा, पार्किङ लगायतमा कामदार आवश्यक पर्ने र त्यसमा पीडित परिवारलाई प्राथमिकतामा राखेर रोजगारी दिइने प्रधानमन्त्री ओलीले भने।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here