सर्लाही : जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेको एक थुनुवा मृत फेला परेका छन् ।

लक्ष्मिनियाँ गाउँपालिका-२ का ४० वर्षीय पल्टु रविदास शौचालयको भेन्टिलेशनमा आफ्नै गन्जी पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका हुन्।

आफ्नै भाई विल्टु रविदाससँग घरायसी विवादमा परेर ज्यान मार्ने उद्योग र अंगभंग मुद्दामा पक्राउ परेका पल्टुले आर्थिक अभाव र जेल जाने भएका कारण आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

धनुषा जिल्ला अदालतबाट दुई लाख धरौटी माग भएको र सो रकम तिर्न नसकेका कारण थुनामा राख्न कारागार कार्यालय सिन्धुली पठाउन आदेश दिएको थियो।

तर आर्थिक अवस्था दयनीय भएको कारण धरौटी बुझाउन नसक्दा अदालतले उनलाई सिन्धुली कारागार पठाउन आदेश दिएको थियो। कारागार लैजानकै लागि हिरासतमा राखिएका रविदास तनावमा आत्महत्या गरेको प्रहरीको अनुमान छ।

परिवारजनले पल्टुको हत्या भएको दावी गर्दै घटनाको सुक्ष्म अनुसन्धान गर्न माग गरेका छन्। मानवअधिकारकर्मीहरुले घटनास्थलको बिहानै अबलोकन गरेका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here