सर्लाही:-लालबन्दी नगरपालिका–१४ नारायणखोला स्थित चार वटा स्कुलहरुमा शैक्षिक सामग्री वितरण गरिएको छ।

वडा नम्बर १४ का जनता प्रावि डाइनिखोला,नमोबुद्ध प्राविडाइनिशिर,जनसेवा प्रावि सत्रकट्ठा, प्रावि मगरडिही लोकतन्त्र दिवसको दिन पारेर स्वोर्णिका श्रेष्ठ स्मृति प्रतिस्ठान , जनज्योति भूपू विद्यार्थी समाज र सर्लाही काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सन्तोष दाहालसहित संयुक्त कार्यक्रममा शैक्षिक सामग्री वितरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य क. प्रल्हाद बुढाथोकी, जिल्ला सचिव कमल बुढाथोकी, १४ वडाध्यक्ष सुबाइ सिंह ब्लोन, लेखराम जर्गा, YCL प्रदेश २ का संयोजक संदेश श्रेष्ठ, लालबन्दी बाङगमय परिषदका अध्यक्ष अच्युत अधिकारी, जनज्योति भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष कृष्ण भण्डारी, नवराज पौडेल, युबा विद्यार्थी नेता समिर बुढाथोकीलगायत उपस्थितिमा विद्यार्थीलाई शैक्षिक सामग्री तथा २५० थान स्कुल ब्याग वितरण गरिएको थियो।

त्यस्तै भोलि लालबन्दी-१५ परवानीपुरको इन्द्रावती प्रावि. कटहरबोटमा शैक्षिक सामाग्री वितरण गर्ने कार्यक्रम रहेको स्वर्णिका श्रेष्ठ स्मृति प्रतिष्ठानका संरक्षक श्याम श्रेष्ठले जानकारी दिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here