सर्लाही : कैलालीको कर्णाली नदिमा डुंगा पल्टीदा ३ जना बेपत्ता भएका छन भने २ जना गम्भीर घाईते अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

बेपत्ता हुनेमा मोहन्याल गाउँपालिका ३ की २० बर्षीया उर्मिला सलामी मगर, उनको साथमा रहेको १० दिने बालक र सोहि ठाउँकी २० वर्षीया पार्वती थापा रहेको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा सोहि ठाउँकी १९ बर्षीया धनसरा सलामी मगर र उनको एक महिनाको छोरा कर्ण सलामी गम्भीर घाईते भएको प्रहरीले जानकारी दिएको छ। मोहन्याल गाउँपालिका ३ रागाँ मलेखाबाट कर्णाली नदी पारी सुर्खेतको चौकुने गाउँपालिका ४ स्थित स्वास्थ्य चौकीमा खोप लगाउन जाने क्रममा आइतबार डुंगा दुर्घटना भएको हो।

डुंगामा जना सवार १० मध्ये ५ जना सकुशल, २ जना घाईते र ३ जना बेपत्ता रहेको कैलाली प्रहरीले जनाएको छ। डुंगा दुर्घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि ईलाका प्रहरी कार्यालय सुगरखाल कैलालीबाट प्रहरीको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here